सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार


२४ कार्तिक २०७६, आइतबार


काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा ११ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस