उड्न सक्ने सेनाको दस्ता बनाउने तयारीमा चीन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उड्न सक्ने सेनाको दस्ता बनाउने तयारीमा चीन


२३ कार्तिक २०७६, शनिबार


काठमाडौं । चीनले आफ्नो सेनालाई अत्याधुनिक प्रविधि मार्फत सुसज्जित गर्ने कार्यमा लागेको छ । यसका लागि चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) निरन्तर रूपमा कयौं योजनामा काम गरिरहेको बताइएको छ ।

यस्तै योजनामध्ये एक हो–आइरन म्यान सुट अर्थात हलिउडको पात्र ‘आइरन म्यान’ जस्तै ।

चीन आफ्नो सेनालाई उड्न सक्ने सेनाको दस्ता बनाउने तयारीमा छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार उसले आफ्नो सेनालाई हलिउडको पात्र ‘आइरन म्यान’ जस्तै सुट तैयार गरिरहेको छ । यस विशेष प्रकारको कवचको मद्दतबाट पीएलएका जवान ठूलो मात्रामा गोलाबारुद लिएर हावामा उडान भर्न सक्नेछन् ।

उपयुक्त सुटको चयनका लागि चिनियाँ सेनाले निर्माता कम्पनीबीच प्रतिस्पर्धा पनि गराइरहेको छ । सुट पाएपछि चिनियाँ सेनाको शक्ति कयौं गुणा बढोत्तरी हुनेछ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी एडभान्स एक्सोस्केलेटन प्रणालीमा काम गरिरहेको छ ।

यस प्रणाली मार्फत् जवानका लागि उडान क्षमताका लागि हतियारबन्द बडी बनाइने छ । यस काममा करीब १०० अनुसन्धान संस्थान, कम्पनी तथा विश्वविद्यालय लागेका छन् । यसका लागि कयौं चरणमा परीक्षण पनि शुरु भइसकेको छ ।

यसै वर्षको मे महीनामा अमेरिकाले चीनलाई सैन्य क्षमता गलत तरीकाबाट बढाउन सक्ने भनी चेतावनी पनि दिएको थियो । (हिन्दुस्तान टाइम्स)

प्रतिक्रिया दिनुहोस