स्वास्थ्य अवस्था बिग्रँदै गएपछि डा. केसी अस्पताल भर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि डा. केसी अस्पताल भर्ना


२३ कार्तिक २०७६, शनिबार


अमरगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको हो ।

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए ।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने बताएका छन् ।

सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस