राजधानी काठमाडौँमा घन्कियो नारा ‘गो व्याक इन्डिया’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजधानी काठमाडौँमा घन्कियो नारा ‘गो व्याक इन्डिया’


२० कार्तिक २०७६, बुधबार


काठमाडौँ । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध प्रदर्शन गरेको हो ।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित भृकुटीमण्डपबाट प्रदर्शन शुरु गरेको अखिलले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस