छनौट प्रक्रिया पुरा नगरेका कामदारको स्वास्थ्य परीक्षण नगराउन वैरोको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छनौट प्रक्रिया पुरा नगरेका कामदारको स्वास्थ्य परीक्षण नगराउन वैरोको चेतावनी


१८ कार्तिक २०७६, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति बमोजिम विज्ञापन गरी छनौट प्रक्रिया पूरा नगरेका कामदारहरूलाई स्वास्थ्य परीक्षण लगायतका प्रक्रियामा सहभागी नगराउन चेतावनी दिएको छ ।

स्वास्थ्य परीक्षणका नाममा कामदारको ठुलो रकम खर्च भइरहेको जानकारी पश्चात् विभागले एक सूचना प्रकाशित गर्दै सूचना प्रकाशित गर्नुअघि असुल उपर गरिएको भए सम्बन्धित कामदारलाई फिर्ता गर्न समेत निर्देशन दिएको छ ।

मलेसिया मुलुकमा रोजगारीमा कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार कार्यालय ताहाचलबाट हालसम्म करिब १८०० कामदारको मात्र पूर्व स्वीकृति लिएको देखिएको तर करिब एक लाख बढी कामदारको मेडिकल र जीएसजी लगायत प्रक्रियाका नाममा कामदारको ठुलो रकम खर्चभईरहको जानकारी पछि विभागले कडा चेतावनीसहित निर्देशन दिएको हो ।

विभागले पूर्व स्वीकृति बमोजिम विज्ञापन भई छनौट प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले स्वास्थ्य जाँच र आएसजी लगायत प्रक्रियामा सहभागी नहुनसमेत कामदारहरूलाई सूचित गरिएको छ ।

मेडिकल र आइएससी(जसलाई जिएसजी गराउने भनेर बुझिन्छ) भन्दै दलालले झुक्क्याएर सोझा साझा नेपालीबाट करोडौँ रकम असुल्दै आएपछि उक्त सूचना नै जारी गरेको विभागका महा निर्देशक डा. भीष्मकुमार भुसालले बताएका छन् ।

‘सोझा सिधा दाजुभाइ दिदीबहिनीहरू नठगिउन् भन्नका लागि आफू अन्तर्वार्ताबाट छानिएको निश्चित भएपछि मात्रै मलेसिया जाने प्रयोजनका लागि मेडिकल र सेक्युरिटी क्लियरेन्स गराउन सचेत गर्दछौँ’ डा. भुसालले भने, ‘नत्र पैसाको बरबादी मात्रै हुनेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस