मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए डाक्टर बाबु र नर्स छोरीले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए डाक्टर बाबु र नर्स छोरीले


१८ कार्तिक २०७६, सोमबार


विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो । बावु शुभलाल चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत रहेको प्रहरीले बताएको छ ।

घरबाट अफिस जाने क्रममा दुर्घटनामा परी बावु–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङजे जनाएको छ ।

प्रहरीका अनुसार, विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस