महराको थुनछेक बहस आज : पक्षमा बहस गर्दै बारका पूर्वअध्यक्ष र पूर्वमहान्यायाधिवक्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महराको थुनछेक बहस आज : पक्षमा बहस गर्दै बारका पूर्वअध्यक्ष र पूर्वमहान्यायाधिवक्ता


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले वकालतनामा पेश गरेका हुन् ।

आइतबार हुन लागेको थुनछेक बहसमा महराको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल रहेका छन् । त्यसैगरी महराको पक्षबाट बहस गर्न अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्र प्रसाद गुरागाई लगायत करिब २० जनाले वकालतनामा सहित रुची देखाएका हुन् ।

वादी नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गर्नेछन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस