स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म


९ कार्तिक २०७६, शनिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ ।

स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन लागेको हो । स्थानीयवासीका सबै आवश्यकता केन्द्रीय पाठ्ययक्रमले पूरा गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम आवश्यक भएको विभागप्रमुख केसी बताउँछन् ।

महानगरपालिकाले छनोट गरेका स्थानीय पाठ्यक्रमका पाँच विषयमध्ये इच्छानुरूप विद्यालयहरूले १०० पूर्णाङ्कको एक विषय चयन गर्न सक्नेछन् । हाल महानगरपालिका क्षेत्रमा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस