प्रचण्डलाई बाबुरामको प्रश्न : तपाईँको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्डलाई बाबुरामको प्रश्न : तपाईँको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?


९ कार्तिक २०७६, शनिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमाथि उनकै पूर्वसहयोद्धा तथा समाजबादी पार्टीका अध्यक्ष डाबाबुराम भट्टराईले प्रश्न गरेका छन्।

मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले मदन भण्डारीसँगको आफ्नो सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्विटरमार्फत् प्रचण्डलाई प्रश्न गरेका हुन्।

‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन ! आखिर तपाईंको ओरिजनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?’, बाबुरामले ट्विटमा लेखेका छन्,’आफूलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ, पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो किरु यसरी माछा देखेभित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?’

प्रचण्डले भनेका थिए, ‘इतिहासमा कहिलेकाहीँ बडो विचित्रको संयोग हुँदो रहेछ, म पनि ओरिजिनल चौँथो महाधिवेशन तथा ओरिजिनल मसाल वा ओरिजिनल माओवादी होइन, तपाईंलाई ओरिजिनल नै होला जस्तो लागेको होला, मैले २०२८ सालमा पार्टी सदस्य लिएको पुष्पलालबाट हो। र, म पनि ०३३ सालमा पुष्पलाल समूह छोडेर मोहनविक्रमले नेतृत्व गरेको समूहमा प्रवेश गरेको मान्छे हुँ।’

आफूलाई मदन भण्डारीसँग तुलना गर्दै उनले थपे,’०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा ठिक्क अगाडि जतिबेला मदन भण्डारी मालेको महासचिव हुनु भएछ, ठ्याक्कै त्यही बेला म पनि मसालको महासचिव भएछुु, उनले भने,’ यो के संयोग हो, यो के चिज होला कमरेडहरु तपाइँ आफै विचार गर्नुहोला, म धेरै भन्दिनँ।’

यही अभिव्यक्तिलाई आधार भन्दै डा.भट्टराईले प्रचण्डलाई प्रश्न गरे। ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईं डुप्लिकेट माओवादी होरुु, उनले थपे,’यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिस्ट पनि थिइनँ भन्नुपर्ला। किनकी पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं सुरूमा कांग्रेस हुनुहुन्थ्यो।’

 

Tags :
प्रतिक्रिया दिनुहोस