माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु


१ कार्तिक २०७६, शुक्रबार


बेझाड । पाल्पाको तानसेन नगरपालिका–४ मा घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

नयाँ घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका–१ घोरबन्दा बस्ने अन्दाजी ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते भएका कुमालको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस