धनुषामा विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनुषामा विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु


३० आश्विन २०७६, बिहिबार


बालक

काठमाडौं । धनुषाको जनकनन्दी गाउँपालिका-४ खजुरीमा विद्यालयको कक्षा कोठाको पर्खाल भत्किँदा बिहीबार एक जना बालिकाको मृत्यु भएको छ ।

खजुरीस्थित श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल दिउँसो पौने १ बजेको समयमा अचानक भत्किँदा ७ वर्षीया चञ्चला सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।

१५/१६ जना बालबालिका रहेको इसीडी कक्षामा बालबालिका पढ्दै गरेको समयमा एक्कासी पर्खाल ढल्दा त्यसमा च्यापिएर घाइते भएका सदाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

पर्खालले च्यापिएर खजुरीकै ६ वर्षीय बालक मोहम्मद समीर साफी गम्भिर घाइते भएको थापाले जानकारी दिए । घाइते बालक साफीलाई थप उपचारका लागि विराटनगर अस्पताल लगिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस