जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओखलढुंगा जाँदै गरेको अवस्थामा मंगलबार पक्राउ गरेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।

उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस