सी भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बतको झोला बेच्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सी भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बतको झोला बेच्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा


२६ आश्विन २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बत लेखिएको झोला विक्री वितरण गरेको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा म्याद थप भएको छ ।

बौद्धको फूलबारीस्थित पसलबाट पक्राउ परेका काठमाडौं–६ का दवाङ निमा लामा र कास्कीका हिस्सी ग्याडो लामाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान थालिएको हो ।

पक्राउ परेका निमाको साथबाट फ्रि तिब्बत लेखिएको झण्डा २५, झण्डा अंकित झोला दुई वटा र सानो झोला ६० थान बरामद भएको थियो भने हिस्सीको साथबाट फ्रि तिब्बत लेखिएको किरिङ ३८ वटा, तिब्बत लेखिएको ठूलो झोला ३, सानो झोला ६ वटा लगायत बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस