पश्चिमी केन्यामा बस र ट्रक दुर्घटनामा परी १२ को मृत्यु « प्रशासन

पश्चिमी केन्यामा बस र ट्रक दुर्घटनामा परी १२ को मृत्यु


प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार १६:३९

बस दुर्घटना

मिसुमु । केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा १२ यात्रीको मृत्यु भएको प्रहरीले शुत्र,बार बताएको छ ।

बिहीबार राति भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।

किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा राति करिब ११ बजे दुर्घतना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उनले बताए ।

दुर्घटना हुँदा बसमा ५१ जना यात्रु रहेका थिए भने दुबै सवारीका चालकको घटनास्थलमा नै मृत्यु भएको थियो । रासस/सिन्ह्वा

Tags:

प्रतिक्रिया दिनुहोस