त्रिविको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिविको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस


१७ आश्विन २०७६, शुक्रबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ। हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा.सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा.धर्मकान्त बाँस्कोटा, डा.भगवान कोइराला र डा.चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरिएको जानकारी दिए।

उनले सिफारिस गरिएको नाम हिजो नै त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार बुझाइसकेको जानकारी दिए।

कूलपतिले सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन गर्नेछन्।

तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकूलपति पद खाली छ। सिफारिस गरिएका नाम निकै अघिदेखि चर्चामा रहेका नाम हुन्।

शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न ‘सर्च कमिटी’ गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस