संगठन संरचना तथा दरबन्दी पुनरावलोकन विवरण पठाउन स्वास्थ्यको ताकेता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संगठन संरचना तथा दरबन्दी पुनरावलोकन विवरण पठाउन स्वास्थ्यको ताकेता


१७ आश्विन २०७६, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयमा माताहतका कार्यालयले संगठन संरचना तथा दरबन्दी पुनरावलोकनको विवरण नपठाएपछि पुनः ताकेता गरेको छ।

मन्त्रालयले केही कार्यालयबाट विवरण प्राप्त नभएको र केहीको प्राप्त भए पनि निर्धारित ढाँचामा नभएको भन्दै अस्पताल तथा कार्यालयलाई असोज २४ गतेसम्मको समय दिँदै पुनः ताकेता गरेको हो।

यसअघि गत असोज २ गते पत्र पठाएर ७ दिन भित्र विवरण पठाउन भनिएको थियो। तर निर्धारित समयमा विवरण नआएपछि फेरि पत्र पठाउनु परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस