संघीयता विरोधीलाई व्यवहारबाट परास्त गर्नुपर्छ : मन्त्री पण्डित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघीयता विरोधीलाई व्यवहारबाट परास्त गर्नुपर्छ : मन्त्री पण्डित


१४ आश्विन २०७६, मंगलबार


कैलाली । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता नचाहनेहरु परास्त भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संयुक्तरूपमा आज धनगढीमा आयोजना गरेको अन्तरतह समन्वय तथा स्थानीय तहको क्षमता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले संघीयता र गणतन्त्रविरोधीहरु अहिले पनि निहुँ खोज्ने गरेकाले उनीहरुलाई व्यवहारबाट परास्त गर्नुपर्ने बताए ।

मन्त्री पण्डितले संघीयतालाई सफल बनाउन जनताले आशा गरेअनुसार प्रतिफल दिने गरी आत्मविश्वासका साथ काम गर्न जरुरी रहेको बताए । संघीयतालाई सफल बनाउन तथा कार्यान्वयनका दिशामा अगाडि बढाउन नसके खाली आलोचना र जनताका दृष्टिकोणबाट कमजोर हुने उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले कुनै पनि कामका लागि प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गरी अघि बढ्न तयार रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका सभापति, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता र निमित्त मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकलगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस