महासेनानी यमबहादुर सहायक रथीमा बढुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महासेनानी यमबहादुर सहायक रथीमा बढुवा


२ आश्विन २०७६, बिहिबार


काठमाडौं । तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका एक महासेनानी सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महासेनानी यमबहादुर अधिकारी ‘प्रतीक्षा’लाई ४ वर्षका लागि सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन दिएका थिए । राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को तनावबीच सरकारले उनलाई सहायक रथीमा बढुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस