क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता


१८ भाद्र २०७६, बुधबार


लस एन्जेलस । अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।

डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् ।

अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।

हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।

आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस