पहिरोबाट २० परिवार विस्थापित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पहिरोबाट २० परिवार विस्थापित


८ भाद्र २०७६, आइतबार


दोलखा । अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।

वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ ।

यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताए । विस्थापितको पुनःस्थापनाका लागि शैलुङगेश्वर गाउँपालिकाका अध्यक्ष भरत दुलालले सरोकारवाला निकायसँग आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस