मालपोत अधिकृत ५९ हजार घूससहित पक्राउ - प्रशासन प्रशासन
prasaLogo
३ भाद्र २०७६, मंगलवार

मालपोत अधिकृत ५९ हजार घूससहित पक्राउ


प्रकाशित मिति : 20 August, 2019 10:25 pm

पोखरा । मालपोत कार्यालय कास्कीका अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पोखराको मुस्ताङचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।

उनी सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस