दर्जन बढी सचिवको सरुवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दर्जन बढी सचिवको सरुवा


३ भाद्र २०७६, मंगलबार


काठमाडौँ । सरकारले दर्जन बढी सचिवहरूको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार अपरान्ह् बसेको बैठकले ठुलो सङ्ख्यामा सचिवहरूको हेरफेर गरेको हो ।

मन्त्रिपरिषद् उच्च स्रोतका अनुसार अर्थ, पर्यटन, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, भूमि व्यवस्था तथा सहकारी, ऊर्जा–जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका सचिवहरूको सरुवा भएको छ । यससँगै केही प्रदेश मन्त्रालयका सचिवहरूको समेत सरुवा भएको बताइएको छ ।

मुख्य सचिवले अझै हस्ताक्षर नगरिसकेकोले नामावली सार्वजनिक गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस