१६ लाख रुपैयाँ लुटी लगेको भनी नगद लुकाएको अभियोगमा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१६ लाख रुपैयाँ लुटी लगेको भनी नगद लुकाएको अभियोगमा पक्राउ


२ भाद्र २०७६, सोमबार


काठमाडौं । अज्ञात व्यक्तिले नगद १६ लाख रुपैयाँ लुटी लगेको भनी कपोकल्पित घटना बनाई नगद लुकाएको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने भारत विहार घर भएका २२ वर्षीय मनोज कुमार शाहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहले काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोडमा माक्स लगाएका अज्ञात २ जनाले मोटरसाइकलमा आई आफूसँग रहेको नगद १६ लाख लुटी लगेको भन्ने खबर महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी दिएका थिए । तत्काल परिसरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यस्तो कुनै घटना नभएको र अनुसन्धान गर्ने क्रममा शाहले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुल्न आएको थियो ।

साथै शाहलाई थप सोधपुछ एवं अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा विगत ३ महिनादेखि पेमेन्ट रिसिभ गरी कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको र बैमानी पूर्वक ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी कम्पनीको रकम आफैले राख्न खोजेको खुल्न आएको सो परिसरले जनाएको छ । प्रहरीले शाहको कोठाबाट उक्त नगद फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस