ठग सम्पर्क अधिकृतलाई आजीवन प्रतिबन्ध लगाउने मन्त्रीको उद्घोष « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ठग सम्पर्क अधिकृतलाई आजीवन प्रतिबन्ध लगाउने मन्त्रीको उद्घोष


२९ श्रावण २०७६, बुधबार


काठमाडौँ । कार्यक्षेत्र नै नपुगी सेवा सुविधा लिएर ठगी गर्ने सम्पर्क अधिकृतमाथि आजीवन प्रतिबन्ध लगाउने पर्यटन मन्त्री योगेश भट्टराईले धोषणा गरेका छन्।

त्यस्ता सम्पर्क अधिकृतमाथि आजैदेखि आजीवन प्रतिबन्ध लागेको मान्नोस्, मन्त्री भट्टराईले बुधवार एक कार्यक्रममा भने, तिनीहरूको सूची छिट्टै सार्वजनिक हुन्छ। यसको विकल्प छैन।’

विभागले गएको वसन्त ऋतुमा ९१ कर्मचारीलाई पर्वतारोहण दलसँग समन्वयका लागि खटाएको थियो, जसमध्ये ३७ जना सगरमाथा आधार शिविरमा खटिएका थिए। तर तीमध्ये १५ जनाले त्यहाँ नपुगी भत्ता सुविधा मात्रै लिएको समाचार बाहिर आएको थियो ।

पर्वतारोहण दलमा सम्पर्क अधिकृत भएर खटिँदा राम्रो पैसा पाउने भएकोले कर्मचारीहरू बिच हानाथाप नै चल्ने गर्छ ।

पर्वतारोहणमा खटाइने सम्पर्क अधिकृत आधार शिविरमा एजेन्सी, आरोही र गाइडसँग समन्वय गर्ने, भैपरि आउने कुनै पनि समस्यामा सरकारी निकायलाई जानकारी गराउने तथा तत्काल गर्नुपर्ने निर्णयका लागि खटाइने गरिन्छ ।

पर्वतारोहण नियमावली २०५९ को दफा ११ मा सम्पर्क अधिकृत पर्वतारोही दलसँग फिल्डमा नगएमा मन्त्रालयले काज रद्द गरी नियमावलीअनुसारको सेवा सुविधा फिर्ता गराउन सक्ने प्रावधान रहेको भए पनि उक्त प्रावधानको समेत पालना भएको देखिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस