भालुको आक्रमणबाट कालिकोटमा एक जना गम्भीर घाइते « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

भालुको आक्रमणबाट कालिकोटमा एक जना गम्भीर घाइते


२७ श्रावण २०७६, सोमबार


कालिकोट । भालुको आक्रमण बाट कालिकोटमा एक जना गम्भीर घाइते भएका छन् ।

नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँका कर्णबिर शाही भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो ।

भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस