अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
१९ श्रावण २०७६, आईतवार

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु


प्रकाशित मिति : 4 August, 2019 3:06 pm

वासिङ्टन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । रासस/एएफपी

Tags:

प्रतिक्रिया दिनुहोस