सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ६६ हजार ३ सय रुपैयाँ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ६६ हजार ३ सय रुपैयाँ


१९ श्रावण २०७६, आइतबार


काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको मूल्य प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको छ। छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ हुँदा तेजावी सुन ६६ हजार रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै शुक्रबार तेजावी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ५ सय रुपैयाँ बढेर ६६ हजार रुपैयाँ पुगेको छ।

यसअघि असार ५ गते सुनको मूल्य तोलामा ६४ हजार रुपैयाँ थियो। २०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो रेकर्ड तोड्दै सुनले आज ६६ हजार ३ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस