पाकिस्तानको मानव बस्तीमा सेनाको विमान खस्यो, १७ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाकिस्तानको मानव बस्तीमा सेनाको विमान खस्यो, १७ जनाको मृत्यु


१४ श्रावण २०७६, मंगलबार


एजेन्सी ।  पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२ सर्वसाधारण पनि रहेको बताइएको छ भने १२ जना घाइते छन् ।

प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षती भएको बताइएको छ । विमानमा लागेको आगोले थुप्रै घरमा क्षती पुर्याएको छ ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सेनाका अनुसार दुर्घटनामा विमानका दुई पाइलट मारिएका छन् । उता, रावलपिन्डीको अस्पतालमा संकटकालको घोषणा गरिएको छ ।

पाकिस्तानी सेनाका अनुसार उक्त विमान प्रशिक्षण उडानमा थियो ।

स्थानीय मोहम्मद सादिकले बिस्फोटको ठूलो आवाजले आफू ब्यूँझिएको बताए । उनले भने, ‘मानिसहरु चिच्याइरहेका थिए । उनीहरुलाई सहयोग गर्न खोजिएपनि आगो निकै माथिसम्म पुगेको थियो ।’

अर्का स्थानीयले विमान दुर्घटना हुनुअघि आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस