परीक्षार्थीको बसाई र सुरक्षा व्यवस्थापन गर्दै सिडिओ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परीक्षार्थीको बसाई र सुरक्षा व्यवस्थापन गर्दै सिडिओ


प्रशासन विशेष ब्युरो

२ श्रावण २०७६, बिहिबार


डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लोक सेवा आयोगले स्थानीय तहका लागि गरेको विभिन्न पद र तहको परीक्षा र अन्य परीक्षामा सहभागी हुन डोटी आउने परीक्षार्थीको समस्या भनेको नै हाम्रो समस्या भएको बताएका छन् ।

साउन ३ गते देखि विभिन्न तह र पदका लागि सञ्चालन हुने परीक्षार्थीको बसाई व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन तल्लीन रहेका छन् । बिहीबार पनि प्रमुख जिल्ला अधिकारीले डोटी जिल्लाको राजपुर, पिपल्ला, एयरपोर्ट र सिलगढीका विभिन्न स्थानहरूमा अनुगमन गर्नुका साथै परीक्षार्थीको बसाई व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्दै आफै खटेका छन् ।

नेपालगन्जबाट परीक्षा दिन दिपायल पुगेका तर वासस्थान नपाएका परीक्षार्थीहरूको गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी पौडेलले होटेलको अभावमा सडकमा सुत्नुपर्ने अवस्था नआउने बताए ।

‘वासस्थान नपाएर सडक सुन्नु पर्ने अवस्था आउँदैन, बस्नको लागि कुनै होटलहरुमा ठाउँ छ की खोज्नुहोस् खोज्दा खोज्दै पनि पाउँदै पाएन भने सडकमा बस्नु पर्दैन वैकल्पिक उपाय निकाल्छौँ’ प्रजिअ पौडेलले परीक्षार्थीहरूसँग भने कोठा नपाएर अलपत्र अवस्थामा रहेका सडकमा बास बस्नु पर्ने अवस्था आएका परीक्षार्थीहरूको लागि वैकल्पिक रूपमा दिपायल राजपुर र सिलगढी स्थित विभिन्न सरकारी गैरसरकारी सङ्घ संस्थाका तालिम हलहरुमासमेत वासस्थानको लागि व्यवस्थापन गरिएको र यातायातको लागि दिपायल सिलगढी नगरपालिकाले ३ वटा नगर बस सञ्चालन गर्ने र सुरक्षा व्यवस्था पनि कडा रहेको समेत प्रजिअ पौडेलले बताए ।

शुक्रवार देखि सुरु हुन हुन गईरहको विभिन्न तहको परीक्षाका लागि शनिवारको परीक्षामा सहभागी हुन करिब ६ हजार परीक्षार्थी डोटीमा प्रवेश गर्दै छन् । परीक्षार्थीको व्यवस्थापनमा दिपायल सिलगढी नगरपालिका, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी डोटी उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कर्मश लगायत सबैले सहयोग गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी नै आफै फिल्ड स्तरमा गएर परीक्षार्थीका गुनासा बसाई, सुरक्षा व्यवस्थापनको बारेमा चासो दिनु बसाई व्यवस्थापनमा अहोरात्र खटिनु कार्य डोटी जिल्लाका लागि नयाँ लोकप्रिय काम हो । लोक सेवा आयोगले गत असारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा स्थानीय तहका विभिन्न पदमा ९१६१ कर्मचारीको विज्ञापन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस