विज्ञापन खारेजीको माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विज्ञापन खारेजीको माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन


२ श्रावण २०७६, बिहिबार


काठमाडौं । लोकसेवाले स्थानीय तहमा गरेको विज्ञापन खारेजीको माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडी प्रदर्शन भएको छ । समावेशी र समानुपातिक नभएको भन्दै विभिन्न संघ–संगठनहरूले खारेजी माग गर्दै लोक सेवा आयोगको केन्द्रिय कार्यालय अनामनगर अगाडि प्रदर्शन भएको गरेका हुन् ।

‘आरक्षण बचाउ आन्दोलन’को नाममा प्रदर्शन गरिएको छ । प्रदर्शका कारण लोकसेवा कार्यालय अगाडि केहीबेर तनाब भएको थियो । सडकमा प्रदर्शन गरेकाले सवारी आवागमनसमेत प्रभाव परेको थियो ।

प्रहरीका अनुसार तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाइएको हो ।

लोक सेवा आयोगले गत असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारीको विज्ञापन गरेको थियो ।

लोक सेवाको खुला विज्ञापनसँग आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट भएका छन् ।

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग राख्दै उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ । शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस