इन्डोनेशियामा डुङ्गा दुर्घटना, दुईको मृत्यु , ११ वेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इन्डोनेशियामा डुङ्गा दुर्घटना, दुईको मृत्यु , ११ वेपत्ता


२९ असार २०७६, आइतबार


जाकार्ता । इन्डोनेसियाको वेस्ट पपुवाको पूर्वी क्षेत्रमा १५ यात्रु लिएर हिँडेको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका आइतबार उद्धारमा खटिएका सरकारी अधिकारीहरूले बताएका छन् ।

‘शुक्रबार सोरोङबाट राजा आम्पातका लागि छुटेको उक्त डुङ्गा गन्तव्यनजिकै पुगेपछि डुबेको छ,’ सञ्चारमाध्यमका लागि सूचना प्रमुख युसुफ लाटिफलाई उद्धृत गरी राष्ट्रिय उद्धार तथा खोजी कार्यालयले जनाएको छ ।

पानीका ठूला तरङ्गका कारण नियन्त्रण गुमाउँदा डुङ्गा दुर्घटना भएको युसुफले बताए । उद्धारकर्मीहरूले वेपत्ता ११ यात्रुहरूको खोजीलाई जारी राखेको बताइएको छ भने दुई जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस