वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वस्तुगत प्रश्नोत्तर


२५ असार २०७६, बुधबार


१. आर्थिक वर्ष २०७५/७६ अनुसार सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटक कति थिए ?
– ११ लाख ७३ हजार ७२ जना
२. ‘ लोलुफेरा अभियान’ केसँग सम्बन्धित छ ?
– पदयात्रा
३. श्रीलंकामा आयोजित ‘सार्क फिल्म फेस्टिभल २०१९ मा ‘पर्फर्मर अवार्ड’ जित्ने नेपाली अभिनेत्री को हुन् ?
– स्वस्तिका खड्का
( सन् २०१९ जुलाई २ देखि ७ सम्म श्रीलङ्कामा आयोजित फेस्टिभलमा स्वस्तिमाले बुलबुल फिल्मबाट सो अवार्ड जितेकी ।  नेपालबाट बुलबुल सहित ‘प्रसाद’ र ‘हरि’ गरी तीन फिल्मको प्रतिनिधित्व रहेको ।)
४. हालै राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा कसलाई नियुक्त गरियो ?
– रमेश सिलवाल (वि.स. २०७६ असार २३)
५. फ्रान्सको लियोनमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– अमेरिका ( नेदरल्यान्डलाई पराजित गर्दै अमेरिकाले उपाधि जितेको । उवाधि विजेता अमेरिकी टिमले ४० लाख डलर पुरस्कार प्राप्त गरेको । उत्कृष्ट प्रदर्शन गर्ने स्टार मेडन रापिनोले गोल्डेन बुट र गोल्डेन बल प्राप्त गर्न सफल )
६. विश्व शान्ति सूचकाङ्क २०१९ अनुसार नेपाल कतिऔं स्थानमा छ ?
– ७६ औं
७. अमेरिकाले आफ्नो नागरिकलाई क्युबाको भ्रमणका लागि प्रतिबन्ध कहिलेदेखि लगाएको हो ?
– सन् २०१९ जुन ४ ।
८. नेपाल गुणस्तर तथा नापतौल विभागले ‘ट्याङ्कर क्यालिब्रेसन टावर’ को निर्माण कहाँ गरेको छ ?
– हेटौंडा ।
९. नेपाली भाषा प्रयोग गरी एटीएम कार्डबाट कारोबार गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैङ्कद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई कहिले निर्देशन दिइएको हो ?
– वि.स. २०७६ जेठ ५
१०. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरिएको हो ?
– वि.स. २०७६ असार १७, ठमेल काठमाडौं
११. प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकीत्सकीय सेवा उपलब्ध गराउन स्थानीय रुपमा सञ्चालित कार्यक्रमलाई के भनी चिन्न्छि ?
– अपरेसन नाइटिङ्गेल ।
१२. किराँत सङ्ग्रहालय कहाँ छ ?
– खोटाङ्को हलेसी
१३. सन् २०१९ मा जी–२० राष्ट्रको सम्मेलन कहाँ सम्पन्न भएको हो ?
– जापानको ओसाकामा
१४. दक्षिण कोरियाको कङनामा विश्वविद्यालयद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि कहिले प्रदान गरियो ?
– वि.स. २०७६ जेठ १५
१५. प्रथम आर्थिक गणनाको नतिजा कहिले सार्वजनिक गरियो ?
– वि.स. २०७६ असार १६
१६. सार्क राष्ट्रहरुमा सबैभन्दा बढी वन क्षेत्र भएको राष्ट्र कुन् हो ?
– भुटान
१७. विश्वको कूल भूभागमा वन क्षेत्रले ओगटेको भूभाग कति छ ?
– ३०.८
१८. डुइङ बिजनेस रिपोर्ट – २०१९ अनुसार नेपाल कतिऔं स्थानमा छ ?
– ११० औं
१९. मोरङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भएको हो ?
– वि.स. २०७६ असार २१

यो पनि,

समसामयिक वस्तुगत प्रश्नोत्तर

सामान्यज्ञान 

अति महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर

 


गोरखापत्र 

Tags :
प्रतिक्रिया दिनुहोस