१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेतक चिनीको छुट पुर्जी रोकियो

अ+ अ-

जाजरकोट । समयमा निकासी पुर्जी नपाउँदा करीब नौ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको छ । प्रति क्विन्टल ६० हजारमा बिक्री हुने करीब एक हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो ।

हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउने आसमा रहेका व्यापारीले अब यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन् ।

छुट पुर्जी नपाउँदा लाखौँ लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन् । वर्षातको समयमा सङ्कलित सेतक चिनी कुहिने डर उनीहरुलाई छ । डिभिजन वन कार्यालयले भदौअघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारीहरु निराश भएर फर्केका छन् ।

जिल्लाका विभिन्न जङ्गलमा पाइने सेतक चिनी सङ्कलन तथा निकासी पुर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कार्तिकमै व्यापारीले करीब छ हजार क्विन्टलको अनुमति मागेका थिए । सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र इआइए नभएपछि डिभिजन वन कार्यालयले सङ्कलन तथा निकासी पुर्जी दिन सकेन ।

बारेकोट गाँउपालिकाले वन ऐन विपरीत ६५ जना व्यापारीबाट दुई लाख धरौटी लिएर सङ्कलन पुर्जी दियो । गाँउपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतक चिनी सङ्कलन गर्न लगाए । करीब ६ हजार क्विन्टल सेतक चिनी सङ्कलन भएको व्यापारीको भनाइ छ । उक्त सेतक चिनी निकासीका लागि करीब २०० व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए ।

इआइए गरेका कारण ५०० क्विन्टलसम्मको सङ्कलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो । ५०० भन्दा बढीको अनुमति दिन इआइए गर्नुपर्ने प्रावधान छ तर कार्यालयले हालसम्म इआइए गर्न सकेको छैन । एक्सन फर इञ्जिनीयरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मुल्याङ्कनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो ।

इआइए नगर्दा व्यापारीले हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउन नसकेका हुन् । यद्यपी व्यापारीले अवैध तरिकाले सङ्कलित सेतक चिनी अवैध तरिकाले नै निकासी गरेका छन् । केही व्यापारीले जाजरकोटबाट छुट पुर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरिकाले नै निकासी गरेको पाइएको छ । सङ्कलित सेतक चिनीले निकासी पुर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ । छुटपुर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतक चिनी अलपत्र अवस्थामा छ ।

व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटबाट समयमा सङ्कलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडौँको राजश्व घाटा लागेको छ । व्यापारीले पनि अवैध तरिकाले लुकिचोरी सङ्कलन र निकासी गर्न बाध्य भएका छन् । असोजको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतक चिनी खन्ने गरिन्छ । जमीनमुनी सखर खण्ड जस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनुपर्छ ।

यसरी तयार पारिएको सयोँ क्विन्टल सेतक चिनी विभिन्न नाकाबाट चिनतर्फ निकास हुने गरेको छ । सेतक चिनी सङ्कलन तथा निकासी पुर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महीना बितिसक्दा पनि पाउन नसकेको ब्यापारी राम सिंहले बताए।

कार्यालयले छुट पुर्जी नदिएपछि सेतक चिनी सङ्कलनमा गरेको लाखौँ रुपैयाँ लगानी गरिसकेका डुब्न थालेको उनको भनाइ छ । सामुदायिक वनको कार्य योजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्याङ्कंन नभएका कारण सेतक चिनी लगायतका जडिबुटीको सङ्कलन तथा निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईंले जानकारी दिए।

विभागबाट कार्ययोजना स्वीकृति नहुँदासम्म कुनै प्रकारको पुर्जी दिन नमिल्ने भएकाले व्यापारीले उक्त पुर्जी पाउन नसकेको उनको भनाइ रहेको छ । यति बेला सङ्कलन पुर्जी दिने समय नभएकाले अब भदौमा मात्र दिन सकिने उनले बताए। व्यापारीले शुरुमा धेरै सेतक चिनी भएको बताएपनि हाल करीब एक हजार ५०० क्विन्टल जति स्टक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस