वडाध्यक्षले घुस मागेपछि…. « प्रशासन

वडाध्यक्षले घुस मागेपछि….


प्रकाशित मिति : १९ असार २०७६, बिहीबार १९:५५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका मुसहर बैठालाई घुस लिँदालिँदै पक्राउ गरेको जनाएको छ ।

आयोगका अनुसार अध्यक्ष बैठाले उपभोक्ता समितिको अध्यक्ष बनाइदिने र सो काम गर्न नसके जसरी भए पनि काम दिलाइदिने भन्दै घुस मागेको पाइएको छ । आरोपी बैठालाई बिगो असुल गरी कैद सजायको समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस