७० हजार घुससहित खरिदार शर्मा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७० हजार घुससहित खरिदार शर्मा पक्राउ


१९ असार २०७६, बिहिबार


घुस

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाकी खरिदार निता शर्मा ७० हजार घुससहित पक्राउ परेकी छन्।

शर्माले कार्यालयले खरिद गरेको सामानको भुक्तानी प्रयोजनको लागि कमिसन बापत सेवाग्राहीसँग घुसलिदाँ लिदै अख्तियारले पक्राउ गरेको हो।

उनलाई घुस रकमसहित बुटवल उपमहानगरपालिका वडा नं.२ मनकामना मन्दिर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायर प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस