विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ


१९ असार २०७६, बिहिबार


विप्लव

काठमाडौं । अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवा खोलाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निमा दोर्जी तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, १ सय १० राउन्ड गोली, एसएलआर र एलएमजीको एक-एक म्यागजिनसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

तामाङको साथबाट मोबाइल, डायरी र विप्लव समूहको पर्चा पनि बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस