दमन नरोके प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दमन नरोके प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी


प्रशासन विशेष ब्युरो

१६ असार २०७६, सोमबार


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभाको सिलिचुङमा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको दाबी गर्दै नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसेका नेता–कार्यकर्तामाथि गृह प्रशासनले प्रहरी परिचालन गरी दमन गरेको भन्दै घटनाको निन्दा गरेको छ ।

‘सङ्खुवासभाको सिलिचुङ–१ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी ओली–बादल गृह प्रशासनले प्रहरी लगाएर दमन गरेको छ’, प्रवक्त्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको पार्टी निन्दा एवम् भर्त्सना गर्दछ ।’

राजनीतिक कार्यक्रममा हिँडेका नेता-कार्यकर्तालाई दमन, गोली प्रहार र समातेर हत्या गर्ने क्रम नरोकिए प्रतिरोध थाल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस