लोक सेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने


११ असार २०७६, बुधबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । सर्वोच्च अदालतमा दायर गरिएका लोक सेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा.ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा.खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।

यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस