१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यासको बजेट एक अर्ब ३८ करोड

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले रु एक अर्ब ३८ करोड तीन लाख २५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको नगरसभामा नगरउपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

सडक र नालातर्फ रु २७ करोड २३ लाख ६५ हजार, खानेपानीतर्फ रु चार करोड ४७ लाख २५ हजार, खेलकूदतर्फ रु एक करोड ३३ लाख, पर्यटनतर्फ रु चार करोड ९१ लाख, कृषि सिँचाइतर्फ रु तीन करोड ४१ लाख ४५ हजार, शिक्षातर्फ रु ३८ करोड ६० लाख ३६ हजार, सहकारी प्रवर्द्धनतर्फ रु सात लाख ५० हजार, वित्तीय व्यवस्थापनतर्फ रु दश लाख तथा उद्योग प्रवर्द्धनका लागि रु २१ लाख ५० हजार विनियोजन गरिएको छ ।

यस्तै स्वास्थ्य तथा सरसफाइतर्फ रु नौ करोड ७६ लाख ७० हजार, वन, वातावरण तथा बिपद् व्यवस्थापनतर्फ रु २ करोड ५ लाख ५० हजार, नवीकरणीय ऊर्जा, सडक बत्ती विस्तार एवं व्यवस्थापनतर्फ रु ५२ लाख १० हजार र गाउँ–नगर साझेदारी कोष सञ्चालनका लागि रु एक करोड ६४ लाख विनियोजन गरिएको छ ।

दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता भएका व्यक्ति, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास, ज्येष्ठ नागरिक, बालबालिका, मेलमिलाप केन्द्र एवं न्यायिक समिति प्रवर्द्धनका लागि रु एक करोड ७० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदान रु ४१ करोड ७३ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान रु १९ करोड २० लाख, सङ्घीय सरकारको सामाजिक सुरक्षा अनुदान रु १६ करोड, आन्तरिक स्रोतको आय रु १४ करोड ८५ लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँट रु १४ करोड ८५ लाख, राजश्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु पाँच करोड, संघीय र प्रदेश समपुरक अनुदान रु पाँच करोड, जनसहभागितामा नगदबाट रु दुई करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु एक करोड ३२ लाख ३१ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु एक करोड १२ लाख ४४ हजार, सङ्घीय सरकारको सडक बोर्ड नेपालबाट रु ७५ लाख, अन्य सङ्घसंस्थाबाट रु ७० लाख, गाउँ–नगर साझेदारी कोषबाट रु एक करोड ६४ लाख आय हुने अनुमान गरिएको छ ।

चालू आव २०७५/७६ को जेठ मसान्तसम्म कूल यथार्थ आय रु एक अर्ब ३ करोड ६९ लाख ७४ हजार र कूल व्यय रु ६९ करोड ८७ लाख ७८ हजार रहेको नगरपालिकाले जनाएको छ । यसअघि २०७५ माघमा चौथो नगरसभाबाट पारित चालू आवको संशोधित आय सङ्घीय सरकारबाट प्राप्त अनुदान रु ८९ करोड १६ लाख २१ हजार, प्रदेश सरकारबाट प्राप्त अनुदान रु दुई करोड ७१ लाख ६७ हजार, आन्तरिक स्रोतबाट प्राप्त रु १४ करोड ७२ लाख ८८ हजार, अन्य आयबाट प्राप्त रु पाँच करोड १९ लाख ६७ हजार र अघिल्लो आवको रु आठ करोड ४२ लाख ४१ हजार गरी जम्मा रु एक अर्ब २० करोड २२ लाख ८५ हजार अनुमान रहेको थियो । खर्चतर्फ चालू खर्च रु ७० करोड ५१ लाख ३८ हजार र पूँजीगत खर्च रु ४९ करोड ७१ लाख ४६ हजार अनुमान गरिएकामा असार मसान्तसम्म कूल आय रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार र कूल खर्च रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार हुने संशोधित आयव्यय अनुमान गरिएको छ ।

आर्थिक विधेयक प्रस्तुत

नगरसभामा आज व्यास नगरपालिकाको आर्थिक विधेयक २०७६ प्रस्तुत गरिएको छ । आर्थिक समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उक्त विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयकमाथि बुधबार छलफल हुने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस