हायातका कर्मचारी आन्दोलित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हायातका कर्मचारी आन्दोलित


३२ जेष्ठ २०७६, शनिबार


काठमाडौं । हायात होटलका कर्मचरी आन्दालित भएका छन् । व्यवस्थापनले गरेका सहमति कटौती गरेको भन्दै कर्मचारी बिहीबारदेखि आन्दोलित भएका हुन् ।

होटलले हालै गरिएको वार्षीक साधारण सभाबाट कर्मचरीलाई व्यवस्था गरिएका सेवा सुबिधा हटाएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले पाउनुपर्ने विदा, सुत्केरी विदा बिमा, आवास सुविधा लगायतका व्यवस्था हाटाएको कर्मचारीको भनाइ छ ।

होटल हायात अन्तर्गत होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अनुसार कर्मचारीले श्रम ऐन २०७४ मा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
होटललले मजदुरको आवास कोषमा करिब १६ करोड रुपैयाँ जम्मा गर्नु पर्ने छ । सो रकम जम नगरेको र कोषमा कुनै रकम नपठाउने निर्णय गरेकोले कर्मचारीहरुले विरोध गरेको हो ।

होटलमा कार्यरत तीन सय कर्मचारी आन्दोलनमा उत्रिएपछि होटलको काम रोकिएको बताइएको छ । माग पुरा नगरेसम्म काम नगर्ने कर्मचारीको अडान रहेको बताइएको छ ।

होटलले हालको वार्षिक ग्रेड ५ प्रतिशतलाई ९ प्रतिशत बनाउने, लामो समय बिरामी भएर कार्यालय आउन नसक्ने अवस्थामा एकमुष्ट पाँच लाख उपचार रकमबापत दिने, सञ्चित विदा र हाल पाउने ३ दिनको पुरुष सुत्केरी विदालाई १५ दिन पुर्‍याउनुपर्ने कर्मचारीको माग रहेको छ ।

होटेलले सेवा सुविधा दिने भने पनि कार्यान्वयन नगरेकाले दबाब सिर्जना गर्न आन्दोलन गर्नुपरेको कर्मचारीहरुको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस