चार विषयको पठनपाठन नहुँदा विद्यालयमा तालाबन्दी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चार विषयको पठनपाठन नहुँदा विद्यालयमा तालाबन्दी


३२ जेष्ठ २०७६, शनिबार


हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महिनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।

खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिइन् । छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरु भएको एक महिनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन भएको छैन ।

विद्यालयका प्रअ वीर्खबहादुर छत्यालले विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएता पनि काजमा गएका कारणले र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस