महत्वपूर्ण सामान्यज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महत्वपूर्ण सामान्यज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तर


भुवन ज्ञावाली

३२ जेष्ठ २०७६, शनिबार


लोक सेवा तयारी

१. युरोपका १८ वटा भूपरिवेष्ठित राष्ट्रहरूमध्ये क्षेत्रफलको आधारमा सवैभन्दा ठूलो देखि क्रमशः सानो देश कुन-कुन हुन् ?

उत्तरः वेलारुस, हंगेरी, सर्विया, अष्ट्रिया, चेक गणतन्त्र

२. रेटिनोबास्टोमा (Retinoblastoma) के संग  सम्बन्धित छ ?

उत्तरः आँखाको क्यान्सर (विशेषगरी ५ वर्ष मुनिका बच्चाहरुमा हुने क्यान्सर)

३. अष्ट्रेलियाको कुन स्टेटलाई आइसल्याण्ड स्टेट भनेर चिनिन्छ ?

उत्तरः Tasmania

४. “भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो यो भनाई कसको हो ?

उत्तरः डुड्ली स्टेम्प

५. विश्वको सबैभन्दा ठूलो सदाबहार जङ्गल मानिएको सुन्दर वन कुन देशमा रहेको छ ?

उत्तरःवंगलादेश  

६. प्रदेशगत रुपमा कुल गार्हस्थ्य उत्पादनको मापन गर्ने पद्धतिको सुरुवात कहिले देखि गरिएको हो ?

उत्तरः आर्थिक वर्ष २०७५/७६ देखि

७. आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल गार्हस्थ्य उत्पादन सबैभन्दा वढी कुन प्रदेशले ओगटेको र कति प्रतिशत रहेको छ ?

उत्तरः प्रदेश नं. ३ र ४१.४ प्रतिशत

८. नामर्जुन मादी जलविद्युत् आयोजना (१२ मेगावाट) कुन-कुन जिल्लामा रहेको छ ?

उत्तरः कास्की

९. “सेतो याक नामक उपन्यासका लेखक को हुन् ?

उत्तरः केदार पनेरु

१०. Asian Game- 2018 मा सबैभन्दा वढी पदक विजेता पाँच राष्ट्र क्रमशः कुन-कुन हुन् ?

उत्तरः चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, उज्वेकिस्तान

११. अन्टेरियो ताल कुन महादेशमा पर्दछ ?

उत्तरः उत्तर अमेरिका

१२. शेर्पा भाषाको लिपीलाई के भनिन्छ ?

उत्तरः सम्वोरा

१३. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का लागि सन् २०१९ डिसेम्वर ३१ सम्मका लागि ५ अस्थायी सदस्य राष्ट्रहरू कुन-कुन हुन् ?

उत्तरः कुवेत, पेरु, पोल्याण्ड, इक्युटेरियल गुयना, कोट डि’ आइभोरि

१४. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का लागि सन् २०२०  डिसेम्वर ३१ सम्मका लागि ५ अस्थायी सदस्य राष्ट्रहरू कुन-कुन हुन् ?

उत्तरः वेल्जियम, डोमिनिकन रिपव्लिक, जर्मनी, इन्डोनेशिया, साउथ अफ्रिका

१५. गौतम बुद्धले आफ्नो पहिलो गुरुसँग कुन शिक्षा लिएका थिए ?

उत्तरः संख्या दर्शन

१६. गौतम बुद्धको दोस्रो गुरुको नाम के हो ?

उत्तरः रुद्रक

१७. कान्स फिल्म फेस्टिवलको स्थापना कहिले भएको हो ?

उत्तरः २० सेपटेम्वर, १९४६ कान्स, फ्रान्स (as International Film Festival)

१८. विश्व भोकमरी सूचकांक- २०१८ मा नेपाल कति औं स्थानमा रहेको छ ?

उत्तरः ७२ औं

१९. आर्थिक वर्ष २०७६/०७७ को बजेटमा पुँजीगत खर्च कति प्रतिशत छुट्याइएको छ ?

उत्तरः २६.६ प्रतिशत (रु. ४ खर्ब ८ अर्ब ५९ लाख)

२०. आँसुको pH मान (pH stands for potential of Hydrogin ) कति रहेको हुन्छ ?

उत्तरः ७.४ (pH Value is a number from 1 to 14)

 र , यो पनि : अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समसामयिक वस्तुगत प्रश्नोत्तर

 

 

Tags :
प्रतिक्रिया दिनुहोस