‘स्मार्ट सिटी’ को नमूना प्रदर्शनी गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘स्मार्ट सिटी’ को नमूना प्रदर्शनी गरिने


२८ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा ‘सफ्ट्वरिका कलेज’ ले काठमाडौंमा तीन दिने आइओटी प्रदर्शनी गर्ने भएको छ ।

आगामी मङ्गलबारदेखि डिल्ली बजारस्थित कलेज परिसरमा प्रदर्शनी गरिने कलेजले आज पत्रकार सम्मेलनमा प्रदर्शनीका लागि स्मार्ट स्कुल र कलेज, स्मार्ट पाकिङ, स्मार्ट होटल, रिसोर्ट, स्मार्ट फोहर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधनसहित स्मार्ट सिटीको नमूना तयार गरिएको छ ।

प्रदर्शनीको करीब ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत् १९४ विद्यार्थीले तयार गरेका हुन् ।

क्याम्पस प्रमुख प्रमोद पौडेलले प्रविधिको प्रयोगलाई कसरी व्यावहारिक बनाउने तथा नयाँ आविष्कार बारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए। प्रविधिको प्रयोगबाट आधुनिक जीवनयापनलाई कसरी सहज र सुरक्षित बनाउन सकिने विभिन्न उपकरणसमेत निर्माण गरिएको छ ।

प्रदर्शनी अवधिमा तिनै दिन आइटि मा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशालासमेत सञ्चालन गरिनेछ । बेलायतको आइटिसम्बन्धी प्रसिद्ध कभेन्ट्री युनिभर्सिटीका एकेडेमिक पाटर्नरसीप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गर्ने छन् ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइटि क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने उनको भनाइ छ ।

प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवं सफ्ट्वरीका कलेजका सिनियर लेक्चर मनोज श्रेष्ठले बताए । प्रदर्शनीको करीब तीन हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस