कर्णालीमा कृषकको पहिचान गर्न माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीमा कृषकको पहिचान गर्न माग


२८ जेष्ठ २०७६, मंगलबार


सुर्खेत । कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् । कृषक समूह महासंघ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

बजेटमार्फत किसानको पहिचान, वर्गीकरण, परिचय–पत्र वितरण र सामाजिक सुरक्षा (पेन्सन) को व्यवस्था गर्न र अब आउने बजेटमा कृषकको जीवनस्तर परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरिएको कृषक शशिराम आचार्यले बताए ।

कार्यक्रममा सहभागी कृषकहरुले ग्रामीण समुदायका भूमिहीन, साना र सीमान्तकृत वर्गलाई लक्ष्य गरेर सहुलियतमा कृषिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सो अवसरमा जोड दिइएको थियोे ।

कृषक रामबहादुर बुढाले कर्णालीमा किसान मैत्री एकीकृत ऐन निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्दै वन्यजन्तुद्वारा किसानको बालीमा पुग्ने नोक्सानीउपर क्षतिपूर्तिको व्यवस्थाका लागि उचित कानून बनाउन सरकारलाई सुझाव दिए ।

कृषकलाई विशेष अनुदान

कार्यक्रममा कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषकहरुका लागि विशेष अनुदानको व्यवस्था गरिने बताए ।

ब्याज बिनाको ऋणको व्यवस्था गरेर युवाहरुलाई रोजगारीको सृजना गरिने मन्त्री केसीले जानकारी दिए कृषकलाई परिचयपत्र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णालीका कृषकलाई परिचयपत्र वितरण गरिने जानकारी दिए । मन्त्रालयले कर्णालीमा भएका वास्तविक कृषकहरुलाई परिचयपत्र वितरण गर्ने योजना वनाएको र त्यसैको आधारमा हरेक सेवामा सहुलियत दिइने बताए । रासस

प्रतिक्रिया दिनुहोस