नेपालमा व्यवस्थापन सूचना प्रणाली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालमा व्यवस्थापन सूचना प्रणाली


खगेन्द्र साउद

२१ जेष्ठ २०७६, मंगलबार


परिचयः
व्यवस्थापनको निर्णय प्रक्रियालाई सरल, सहज, छिटो, छरितो, सामयिक र प्रभावकारी बनाउन सूचनाको प्राथमिकीकरण, वर्गीकरण, विश्लेषण, प्रशोधन र प्रसार गरी एकीकृत तथा परिष्कृत रुपमा एकै थलोबाट आवश्यक तथा विश्वसनीय सूचना प्रदान गर्ने पद्धतीलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ ।

यसले संगठनको लक्ष्य र उद्देश्य प्राप्त गर्न व्यवस्थापकलाई निर्णय प्रक्रियामा सहयोग गर्न कम समय र लागतमा आवश्यक, विश्वसनीय, यथार्थपरक, गुणस्तरीय र भरपर्दो सूचना उपलब्ध गराउँछ ।

व्यवस्थापन सूचना प्रणाली तथ्यांकहरुको नियोजित प्रणाली हो जसले व्यवस्थापनलाई नीति निर्माण गर्न, योजना तर्जुमा गर्न, निर्णय प्रक्रियामा पुग्न, योजनाको अनुगमन तथा मूल्याङ्कन गर्न, प्रतिवेदन तयार गर्न र सरोकारवाला पक्षलाई आवश्यक सूचना प्रदान गर्न सहयोग पुर्‍याउँदछ ।

व्यवस्थापन सूचना प्रणालीको प्रक्रियाः
 प्राप्त तथ्याङ्कलाई सूचनामा रुपान्तरण गरिन्छ ।
 सूचनालाई व्यवस्थित रुपमा राखिन्छ ।
 सूचनामा सबै व्यवस्थापकको सहज पहुँच कायम गरिन्छ ।
 कम समय, न्यून लागतमा गुणस्तरीय सूचना प्राप्तीमा सुनिश्चितता कायम गरिन्छ ।

व्यवस्थापन सूचना प्रणालीको विकासक्रमः
1. सन् १९५० -१९६० : Record Keeping Era
2.  सन्  १९७०- १९८० : Analysis Era
3. सन् १९८० : Knowledge Era

व्यवस्थापन सूचना प्रणाली स्थापना गर्ने विधिः

व्यवस्थापन सूचना प्रणालीको आवश्यकता तथा महत्वः
 व्यवस्थापन पक्षलाई समयमै विश्वसनीय, र भरपर्दो सूचना उपलब्ध गराउँछ ।
 निर्णय निर्माण प्रक्रियामा सहयोग गर्छ ।
 व्यवस्थापन पक्ष र सरोकारवालालाई एकीकृत तथा परिष्कृत रुपमा एकै ठाउँबाट आवश्यक सूचना उपलब्ध गराउँछ।
 नीति निर्माण तथा योजना तर्जुमाको आधारको रूपमा रहन्छ ।
 संगठनको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, तथा प्रतिवेदन चरणमा आवश्यक सूचना उपलब्ध गराउँछ।
 संगठनको काम कारबाहीलाई छिटो, छरितो, चुस्त, दुरुस्त र प्रभावकारी बनाउँछ ।
 सगठनको लक्ष्य, उद्देश्य र आगामी दिशा तय गर्छ ।
 संगठनलाई प्रतिस्पर्धी, सूचना प्रविधियुक्त र प्रभावकारी बनाउँछ ।
 संगठनमा पारदर्शिता र जवाफदेहीताको प्रवर्धन गर्छ ।
 अभिलेख व्यवस्थापनलाई बैज्ञानिक र प्रभावकारी बनाउँछ ।
 संगठनको आवश्यकता र समस्या पहिचान गर्छ ।
 सूचनाको हकको प्रवर्द्धनमा सघाउँछ ।
 सेवा प्रवाहमा गुणस्तरियता, मितव्ययीता, र प्रभावकारीता ल्याउँछ ।
 संगठनको साख अभिवृद्धि गरी आम जनता र सरोकारवालाको विश्वास अभिवृद्धि गर्छ ।
 उपलब्ध स्रोत साधनको मितव्ययी, कुशलतम् र प्रभावकारी उपयोग गर्छ ।
 सुशासनको प्रत्याभूति दिलाउन ।
 न्यून लागतमा समयमै गुणस्तरीय, भरपर्दो, यथार्थपरक सूचना प्राप्तिमा सुनिश्चितता कायम गरिन्छ ।

नेपालमा MIS प्रयोगको विद्यमान अवस्थाको समीक्षाः
नेपालमा व्यवस्थापन सूचना प्रणालीलाई अझै व्यवस्थित र सम्पूर्ण क्षेत्रमा पूर्ण रुपमा उपयोग गर्न सकिएको छैन ।
 केन्द्रिय तथ्यांक विभाग
 Financial Mangement Information System
 Personal Information Management System
 TPIS,PPIS,PMIS

MIS मा रहेका समस्यार चुनौतीः
 नवीन प्रविधि भित्र्याउन सकिएको छैन ।
 प्रक्रिया झन्झटिलो छ ।
 व्यवस्थापन लेखा प्रणाली अवलम्बन गर्न सकिएको छैन ।
 उत्तरदायित्वको भावनाको कमी छ ।
 सूचनाको उद्देश्यमा स्पष्टता छैन ।
 उच्च लागत तर न्यून उपयोगको अवस्था छ ।
 विश्वसनियता र गुणस्तरको प्रश्न ।
 सान्दर्भिकताको विषय ।
 संस्थागत स्मरणको प्रणाली छैन ।
 सूचना संवेदनशीलताको कमी छ ।
 दक्ष, विज्ञ जनशक्तिको कमी छ ।
 स्रोतको अपर्याप्तता छ ।
 असक्षमता लुकाउने प्रवृत्ति ।
 अत्यधिक गोप्य राख्ने बानी ।
 देशको भौगोलिक जटीलता ।

नेपालको सन्दर्भमा MIS मा देखापरेका समस्या तथा चुनौतीहरुको समाधानरसामनाका उपायहरुः
 हरेक कार्यालयमा कम्प्युटरको प्रयोगमा जोड दिने ।
 विद्युत आपूर्तिलाई सहज बनाउने ।
 कर्मचारीलाई समय समयमा तालिम र प्रशिक्षण दिने ।
 दक्ष एवं विज्ञ जनशक्तिको विकास गर्ने ।
 सूचनाको संस्थागत स्मरण क्षमता बढाउने ।
 सूचना बडापत्र तयार गर्ने ।
 Cyber Law बनाउनेः जसले Hacking, Tax evasion, Pornography, Brain pollution लगायतका विषय समेट्ने ।
 सूचनमा आधारित निर्णय संस्कृतिको विकास गर्न ।
 सूचनामा पारदर्शिता कायम गर्ने ।
 जवाफदेही संयन्त्रको विकास गर्ने ।
 Information Networking स्थापना गर्ने ।
 व्यवस्थापनको उच्च तहको प्रतिबद्धता चाहिन्छ ।
 सूचना अद्यावधिक गरिरहने ।

व्यवस्थापन सूचना प्रणालीको सबल पक्षहरु र फाईदाः
 व्यवस्थापन र सरोकारवालाहरुलाई समयमै आवश्यक, भरपर्दो र विश्वसनिय सूचना एकै थलोबाट उपलब्ध गराउँछ।
 नीति तथा योजना तर्जुमाका लागि यथार्थ र गुणस्तरीय सूचना प्रदान गरी आधार निर्माण गर्छ ।
 अनुगमन, मूल्याङ्कन, तथा प्रतिवेदन तयार गर्नमा सहयोग गर्छ ।
 कार्यालयका गतिविधिहरु पारदर्शी बनाउँछ ।
 प्रशासकीय लागत, औपचारिकता र प्रक्रिया घटाउँछ ।
 निर्णय निर्माणमा तीव्रता ल्याउँछ ।
 ग्राहक चाहनाप्रति शीघ्र प्रतिक्रिया दिन्छ ।
 सरकारी सेवालाई गुणस्तरीय, छिटो छरितो एवं प्रभावकारी र कार्यालय बाहिर पनि सम्भव बनाउँछ ।
 शासकीय पक्ष सबल बनाउँछ ।
 यो बढी सुरक्षित हुन्छ ।
 संगठन संरचनालाई छरितो बनाउँछ ।
 भ्रष्टाचार , अनियमितता हटाई जवाफदेहिता बढाउँछ ।
 नवीन अवधारणाको प्रयोगलाई सम्भव बनाउँछ ।
 काममा एकरुपता र स्तरीकरण गर्छ ।

व्यवस्थापन सूचना प्रणालीका कमजोररदुर्बल पक्षहरुः बेफाइदा
 उच्च लागत र समय लाग्ने ।
 विकासशील मुलुकमा अपनाउन जटीलः कम्प्युटरको प्रयोग गर्नुपर्ने ।
 सङ्कलित तथ्याङ्क गलत भए नीति निर्माण नै गलत र अवास्तविक हुने ।
 अत्यधिक सूचना प्रवाहलाई व्यवस्थित गर्न जटील ।
 गोपनीयता कायम गर्ने कुरामा समस्या आउन सक्ने ।
 दक्ष तथा कुशल जनशक्ति चाहिने ।
 सूचना व्यवस्थापनमा माथिल्लो अधिकारीमा मात्र सीमित हुने ।
 निम्न तहका व्यवस्थापनमा सूचनाको कम प्रवाह हुने ।
 नेतृत्वमा गलत व्यक्ति चयन भएमा MIS को औचित्य नरहने ।

MIS मा IT  प्रयोगको महत्वः
 आन्तरिक व्यवस्थापनमा प्रयोगः संगठनभित्रको जनशक्ति, बजेट, लेखा प्रणाली, जिन्सी लगायतका वस्तु र सेवाको यथार्थ जानकारी दिन्छ ।
 सार्वजनिक व्यवस्थापनमा सहयोगः सूचना नै शक्ति हो । यसले समग्र व्यवस्थापनमा सहयोग पुर्‍याउँदछ ।
 सार्वजनिक सेवाका वारेमा जानकारीः जनसंख्याको प्रक्षेपण, उद्योग, व्यापारको स्थितिको जानकारी, प्रशासनिक संगठनहरुको व्यवस्थापन प्रणाली र कार्यविधिसम्बन्धी जानकारी लिन ।
 जनतालाई सुसूचित गर्नः सरकारले गरेका वा गर्ने कामका बारेमा जानकारी दिन, शिक्षा तथा सूचना प्रदान गर्न, राज्यको समग्र स्थितिबारे जनतालाई जानकारी दिन, जनताका पृष्ठपोषणलाई राज्यका क्रियाकलापमा समाहित गर्न ।
 नयाँ नीति र योजना कार्यान्वयन गर्न ।
 उपभोक्तारग्राहकको माग पूर्ति गर्न ।

व्‍यवस्थापन सूचना प्रणालीका लागि सूचनाका स्रोतहरुः
 लेखा प्रणालीः वित्तीय अवस्था ।
 आयोजना अनुगमन प्रणाली
 कर्मचारी व्यवस्थापन सूचना प्रणाली
 राष्ट्रिय तथ्याङ्क प्रणाली
 क्षेत्रगत व्यवस्थापकीय लेखा
 प्रगति प्रतिवेदन
 वार्षिक प्रतिवेदन
 बुलेटिन
 अनुसन्धान प्रतिवेदन
 ऐन नियम र परिपत्रहरु
 टिप्पणी
 पत्रपत्रिका ।

Tags :
प्रतिक्रिया दिनुहोस