ट्रम्पसँगको वार्ता विफल, उत्तर कोरियाका ५ अधिकारीलाई मृत्युदण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्रम्पसँगको वार्ता विफल, उत्तर कोरियाका ५ अधिकारीलाई मृत्युदण्ड


प्रशासन संवाददाता

१७ जेष्ठ २०७६, शुक्रबार


एजेन्सी । यही वर्ष फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका छन्। दक्षिण कोरियाको एक पत्रिका चोसन इल्बोले हालै यस्तो खुलासा गरेको हो।

रिपोर्टअनुसार ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो । मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधि पनि सामेल छन्।

रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलले धोका दिएकोमा दोषी ठहर गरिएको हो।

भियतनाममा भएको दुई नेताको बैठकपछि चोल किमसँगै थिए। उनलाई एउटा एयरपोर्टमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर मारिएको हो। पत्रिकाले मारिएका अन्य अधिकृतको नाम खुलाएको छैन।

किमले यसअघि पनि सरकारका कयौँ अधिकारीलाई मारिसकेका छन्। उनले आफ्ना काका तथा राजनीतिक गुरु भनिने जाङ्ग सान्ग थाएकलाई देशद्रोह र भ्रष्टाचारको मामिलामा गोली उडाइदिएका छन्।

त्यसपछि किमले थाएककी पत्नीलाई पनि विष दिएर मारेका थिए। उनले आफ्ना पब्लिक सेक्युरिटी मन्त्री ओ सेन्ड(होनलाई पनि तोपले उडाएका थिए।

कोरियाली प्रायद्वीपको एकीकरणका लागि काम गरिरहेको दक्षिण कोरियाको युनिफिकेसन मिनिस्ट्रीले यस मामिलामा केही बोल्न अस्वीकार गरेको छ।

समाचारअनुसार किम जोङ्ग उनले आफ्नी भाषा अनुवादक शिन ह्ये योङ्गलाई पनि बैठकमा गल्ती गरेको भन्दै जेलमा हालिदिएका छन्। ट्रम्पसँगको भेटवार्ताका क्रममा किम जब नतिजाविहीन भन्दै जान लागेका थिए तब उनले अनुवाद गर्न असफल भएकी थिइन्।

ट्रम्प र किम जोङ्ग उनबीच यसै वर्ष फेब्रुअरीमा भियतनामको हनोईमा वार्ता भएको थियो। दुवैबीच दुई दिनमा दुई पटक वार्ता भयो। तर दुवैबीच कुनै सम्झौता हुनसकेन। व्हाइट हाउसले पनि कुनै सम्झौता नभएको पुष्टि गरेको छ। त्यसपछि यो वार्ता असफल भएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस