नेपालका लागि बेलायतको राजदूतमा निकोला पोलिट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालका लागि बेलायतको राजदूतमा निकोला पोलिट


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


लन्डन । नेपालका लागि बेलायतको राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् । उनी नेपालका लागि पहिलो महिला ब्रिटिस राजदूत हुन् ।

राजदूत रिचार्ड मोरिसको कार्यावधि पूरा हुनै लाग्दा पोलिटलाई नियुक्त गरिएको हो ।

ब्रिटिस विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी पोलिटले नोभेम्बर २०१९ देखि कार्यभार सम्हाल्ने जनाएको छ । गत दुई वर्षदेखि ब्रिटिस विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेकी पोलिट सन् २०१४ देखि २०१६ सम्म ब्रिटिस प्रधानमन्त्रीको सहायक निजी सचिव रहेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस