सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड


प्रशासन संवाददाता

१ जेष्ठ २०७६, बुधबार


डडेल्धुरा । भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो ।

भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताए ।

‘अब छात्राले प्याड बोकिरहुनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ’, उनले भने। एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ ।

‘अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने मेसिन राख्ने योजना छ’, अध्यक्ष भट्टले भने । मेसिन राखे महिनावारीका कारण छात्रा ३/४ दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता हट्ने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताए ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस