७८ लाख धरौटीमा छुटे राजनारायण पाठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक


प्रशासन संवाददाता

१ जेष्ठ २०७६, बुधबार


काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकमको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो । नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस