लोक सेवा आयोगद्वारा प्रकाशित नासु परीक्षाका नमुना प्रश्नहरु र तिनको उत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा आयोगद्वारा प्रकाशित नासु परीक्षाका नमुना प्रश्नहरु र तिनको उत्तर


ललित कुमार बस्नेत

१ जेष्ठ २०७६, बुधबार


मिति र पात्रो 

सामान्य बौद्धिक परीक्षण (20 × 2 = 40) अंक

१.  यदि ‘PROMIDANCY’ शब्दको दोस्रो, पाँचौ, छैठौं, सातौं र दशौं अक्षरहरुबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर अगाडिबाट तेस्रो स्थानमा आउँछ ? यदि ती अक्षरहरुबाट एकभन्दा बढी अर्थपूर्ण शब्दहरु बन्दछन् भने ‘M’ उत्तर दिनुहोस् । यदि ती अक्षरहरुबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिँदैन भने ‘N’ उत्तर दिनुहोस् ।
A) A        B) I             C) M                  D) N

२. I,II,III,IV, र V हरुमध्ये प्रत्येकको फरक फरक उचाइ छ । II,V भन्दा मात्र अग्लो छ । III,I भन्दा होचो तर IV भन्दा अग्लो छ भने तिनीहरु मध्ये तेस्रो अग्लो को छ ?
A) III                   B) IV                     C) II              D) Data inadequate (जानकारी अपूर्ण)

३. दिइएको क्रय/श्रेणीमा प्रश्नचिह्न (?) राखिएको ठाउँमा के हुन्छ ?
i) BA,ED,JI,?, ZY
A) OP    B) PO        C) PQ      D)   QP
ii) 1, 1, 4, 8,9, (?), 16, 64
A) 12                B) 24         C)     25           D)   27

४. तल दिइएको क्रम/श्रेणीमा अगाडिबाट कुन अक्षर पचासौं (50th) स्थानमा आउँछ ?
aababcabcdabcde….
A)  d       B) e                  C)   f              D)  g

५. दिइएको विकल्पहरुमध्येबाट छोडिएका संख्या पत्ता लगाउनुहोस् ।

६. यदि 43⊕ 21 = 20 र  69⊕ 35 =46  हुन्छ भने 92 ⊕ 31 = ? 
A) 30        B) 36    C) 54  D) 64

७. यदि (IF) DOLL is 6199, COOCK is 5153, CROW is 5812 and FOOD is 4116. Then RICE is — ? —
A) 8753          B) 8756      C)      8051      D) 8057

८. तल दिइएको चित्रमा त्रिभुजहरुको (Tringle) कुल संख्या कति छ ?

९. निम्न आकृतिबारे विचार गर्नुहोस् र त्यसपछि दिइएको प्रश्नको उत्तर दिनुहोस् :

माथि आकृतिमा देखिए अनुसार एक वर्ग (Square) लाई चार वटा आयत (Rectangle) हरुमा विभाजन गरिएको छ । आयतहरुका भुजाहरुको लम्बाई पूर्ण सङ्ख्याहरुमा छन् । आकृतिमा दुई वटा आयतहरुको क्षेत्रफल (Area)  अंकित गरिएको छ । निम्न संख्याहरुमध्ये कुन एक संख्याले माथि दिइएको वर्ग (आकृति) को प्रत्येक भुजाहरुको लम्बाईको प्रतिनिधित्व गर्दैन ?
A) 13             B)  14       C) 20                   D)  22

१०. कुनै एक निश्चित कोड भाषामा MESIUM लाई NDEHVL  लेखिन्छ । त्यो कोड भाषामा MIDDLE  लाई कसरी लेखिन्छ ?
A) NHEEMD                 B) NHECMD   C)          NHCEMD        D)    NHEEKD

११. 600  को 60%  को 60% कति हुन्छ ?
A) 360       B)  216     C)  144      D)  300

१२. तल उल्लिखित प्रश्नको पहिलो लहरमा बायाँदेखि दायाँ सचित्र कोठाहरु निश्चित नियम अनुसार क्रमबद्ध रुपमा रहेका छन् । यसै नियम अनुसार दोस्रो लहरको कुन चित्रले पहिलो लहरको प्रश्न चिन्ह (?) भएको चित्रलाई प्रतिस्थापन गर्छ सो पत्ता लगाउनुहोस् ।

१३. कुनै लाईन/लहरमा राम अगाडिबाट बीसौं स्थानमा छ तथा श्याम पछाडिबाट एकतीसौं स्थानमा छ । जबकि राम र श्यामको ठीक बीचमा कृष्ण छ । यदि श्यामभन्दा अगाडि लाईन/लहरमा राम छ र त्यस लाईन/लहरमा जम्मा 66 जना व्यक्तिहरु छन् भने राम र कृष्णको बीचमा कति जना व्यक्तिहरु छन् होलान् ?
A) 15             B)  14             C)  8       D)   7

१४. ‘M’ र ‘N’ को घरहरु उत्तर–दक्षिण गएको बाटोमा सामुने छन् । ‘M’ को घर पश्चिम दिशामा छ । ‘M’ घरबाट निस्केर बायाँ फर्केर 6  कि.मि. हिँड्छ र त्यसपछि ऊ दायाँ फर्केर अगाडि 8 कि.मि. हिँड्दा ‘Q’ को घर सामुन्ने अगाडि पुग्छ ।’M’  ले जस्तै ठीक उस्तै ‘N’ ले गर्छ र त्यसपछि ‘P’  को घर सामुने अगाडि पुग्छ । यसै आधारमा निम्न कथनहरुमध्ये कुन कथन सही होइन ? छान्नुहोस् ।
A) P र Q को घरहरुको दुरी 20  कि.मि. भन्दा कम छैन ।
B) P को घर Q को घरदेखि दक्षिण–पश्चिम दिशामा पर्छ ।
C) M र rP को घरहरुको दुरी 20  कि.मि. भन्दा बढी छ ।
d) Q को घर N को घर उत्तर–पूर्व दिशामा पर्छ ।

१५. दिइएको मेट्रिक्स पुरा गर्नुहोस् ।

१६. सात (7) विषयहरुको अङ्कको औसत साठ्ठी (60) छ । यदि अगाडिका चार (4)  विषयहरुको अङ्कको औसत त्रिसठ्ठी (63) र पछाडिका चार (4)  विषयहरुको अङ्कको औसत पचपन्न (55)  छ भने चौथो विषयको अङ्क कति छ ?
A) 52            B)59                   C)  59.33                D)  जानकारी अपूर्ण

१७. तीन व्यक्तिहरु एकसाथ हिँड्न सुरु गर्दछन् र तिनीहरुको पाईलाको नाप क्रमशः 30cm, 35cm र 36cm  छ । प्रत्येक व्यक्तिहरुको पूर्ण पाइलाहरुमा समान दुरी पार गर्न कति न्यूनतम दुरी हिँड्नु पर्छ ?
A) 6m30cm       B)  12m 60 cm        C)  18m 90 cm        D) 3m 15cm

१८. तल दिइएका विकल्पहरुमध्ये समूहमा नमिल्ने विकल्प कुन हो ?
A) PKJQ               B)  RIGHT     C)   SFU    WDBY

१९. निम्न प्रश्नहरुको लागि निर्देशन  ( NOS. 19 – (i) & (ii) ) .
एउटा मात्र संख्याहरुको समूहद्वारा एउटा शब्दलाई दिइएको विकल्पहरुमध्ये कुनै एकमात्र विकल्पले प्रतिनिधित्व गरिएको छ ।  विकल्पहरुमा दिइएको संख्याहरुको समूहलाई निम्न बमोजिमको दुई मेट्रिक्सहरु (Matrices) मा दुई किसिमका वर्णानुक्रम (अक्षरहरु) ले जनाइएको छ । मेट्रिक्स I (Metrix I) को ठाडो लहरहरु (Columns) र तेस्रो पंक्तिहरु (Rows) लाई 0 देखि 4 अङ्कहरु र मेट्रिक्स II (Matrix II) को ठाडो लहरहरु र तेस्रो पंक्तिहरु 5 देखि 9 अङ्कहरुले जनाइएको छ । ती मेट्रिक्सहरुको वर्णानुक्रम (अक्षर)लाई पहिले मेट्रिक्सको तेस्रो पंक्तिहरु (Rows) र त्यसपछि मेट्रिक्सको ठाडो लहरहरु (Columns) ले जनाउन सकिन्छ । जस्तै ‘M’ लाई 10, 34, 41 आदिले जनाउन सकिन्छ । ‘O’ लाई 13, 32, 44 आदिले जनाउन सकिन्छ । त्यसैगरी तपाईंले प्रत्येक प्रश्नमा दिइएको शब्द (Word) को लागि एक संख्याहरुको समूह पत्ता लगाउनु पर्नेछ ।

२०. P,Q र R तीन ओटा भाँडोहरु छन् । ती भाँडोहरुको क्षमता क्रमशः 12 लिटर, 20 लिट र 32 लिटर छ । भाँडो R मा 32  लिटर दुध छ । ती तीन भााडोहरुका मात्र प्रयोग गरी दुधलाई विभाजन गर्नुपर्छ ।
निम्नलिखित कथनहरु बारेमा विचार गर्नुहोस् :
1.  भाँडो P र भाँडो Q प्रत्येकमा 12 लिटर दुध राख्न सम्भव हुन्छ ।
2. भाँडो Q र भाँडो R प्रत्येकमा 16 लिटर दुध राख्न सम्भव हुन्छ ।
माथि उल्लिखित कथनहरुमा कुन ठिक हो/हुन् ?
A) 1 मात्र    B) 2  मात्र    C) 1 र 2  दुवै हो    D) 1 र 2  दुवै होइन

२१. तल दिइएको प्रश्नमा दुई वटा स्टेटमेण्ट उल्लेख गरिएको छ पहिलोलाई भनाई (Assertion) र अर्कोलाई कारण (Reason) भनिएको छ । प्रश्नमा दिइएको Statement बारे निम्न कोडहरुको आधारमा ठीक उत्तर रोज्नुहोस् ।
भनाई (A): गर्मी याममा सेतो रंगको कपडा लगाउनु राम्रो हो ।
कारण (R) : सेतो रंगको कपडाले प्रकाश सजिलै परावर्तन गर्छ ।
A)  भनाई (A)  र कारण (R) दुवै ठीक र कारण (R) भनाई (A) को ठीक व्याख्या (Explanation)  हो ।
B)  भनाई (A) र कारण (R) दुवै ठीक छन् र कारण (R) भनाई (A)  को ठीक व्याख्या (Explanation)  होइन ।
C)  भनाई (A) ठीक छ तर कारण  (R)  गलत छ ।
D)  भनाई (A)  गलत छ तर कारण (R) ठीक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस